आज बिहानै गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित « Khabarhub

आज बिहानै गण्डकी प्रदेशमा थपिए १७ कोरोना संक्रमित


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गण्डकी प्रदेशमा आज बिहानै १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकीका ४ जिल्लामा थप १७ जनाका भाइरस पुष्टि भएको हो ।

थपिएका संक्रमितहरुमा स्याङजाका १, तनहुँका ५, तमजुङका ३ र कास्कीका ८ जना छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद बिन्दु शर्माले जानकारि दिए ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका १७ जनासहित कोरोना संक्रमितको संख्या ९६६ पुगेको छ  । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २१४ पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ३५ बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा