प्रतिकिलो १०० रूपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा | Khabarhub Khabarhub

प्रतिकिलो १०० रूपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रूपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् ।

भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रूपैयाँमा खरिद गर्ने बताएका हुन् ।

‘कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेख्नेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।’

कृषिविज्ञ राईले आइतबार लेख्नेको फेसबुक स्टाटसमा भनिएको छ, ‘पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।’

उहाँले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन् ।

विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ ।

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा खोटाङमा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि खोटाङका स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ५४ बजे

देशभरका विमानस्थलमा नेपाल टेलिकमको फ्री वाईफाई सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभर सञ्चालनमा

बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भए

नेपालको सुन बजार पछिल्ला दिनहरूमा निकै अस्थिर बन्दै गएको छ

काटेर सुकाएकै ठाउँमा भिज्यो धान

दोलखा– यति बेला जिल्लाका अधिकांश बेँसी खेतमा पहेँलै धान पाकेर

अन्नपूर्ण आधार शिविरबाट एक सय ६२ पर्यटकको उद्दार (फोटो फिचर)

काठमाडौं – सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण आधार शिविरबाट

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल