प्रतिकिलो १०० रूपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा « Khabarhub

प्रतिकिलो १०० रूपैयाँमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कृषिविज्ञ मदन राईले प्रतिकिलो १०० रूपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् ।

भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो १०० रूपैयाँमा खरिद गर्ने बताएका हुन् ।

‘कसैले समाएर ल्याइदिए किलोको रु १०० ले, एक हजार किलोसम्मको रु एक लाख भुक्तानी गरिनेछ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सुभद्रा मदन फाउण्डेशन सञ्चालन गरिरहेका कृषिविज्ञ राईले सामाजिक सञ्जालमा लेख्नेका छन्, ‘माछामासुको सट्टामा सलह भुटेर विद्यार्थीलाई विभिन्न परिकार बनाएर खुवाउनेछौँ ।’

कृषिविज्ञ राईले आइतबार लेख्नेको फेसबुक स्टाटसमा भनिएको छ, ‘पक्रेर ल्याएको सलहबाट केही पशुपक्षीको दाना बनाउँछौँ । सिद्राको सट्टामा यसको प्रयोग गर्नेछौँ । केही हामीसँग भएको सबैखाले पक्षीलाई खुवाउने छौँ ।’

उहाँले सलह किरा नियन्त्रणका नाममा विष किनेर घुस खाने माध्यम नबनाउन र वातावरण विषालु नबनाउन आग्रह गरेका छन् ।

विषले सलह मरे पनि उक्त मरेको सलह खाने पशुपक्षीसमेत मर्ने हुँदा सलह नियन्त्रणका नाममा विष प्रयोग नगर्न सरकारलाई आग्रह गरिएको राईको भनाइ छ ।

ठूलो समूहमा उडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा देखिएको छ ।

शनिबार बिहान बुटवल आसपासबाट फैलिएको सलह किरा खोटाङमा पनि देखिन थालेपछि किसानमा त्रास फैलिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा एकसाथ सलह देखिएपछि खोटाङका स्थानीय तह तथा कृषि ज्ञान केन्द्र खोटाङको आपतकालीन बैठक बसेर नियन्त्रणको प्रयास थालिएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ५४ बजे

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार

स्वास्थ्यमा सुधार भएपछि रवि लामिछाने चितवन जाँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज