गोदानको आकस्मिक बैठक : सबै सरकारी डाक्टरलाई ट्रमा सेन्टर बोलाइयो « Khabarhub

गोदानको आकस्मिक बैठक : सबै सरकारी डाक्टरलाई ट्रमा सेन्टर बोलाइयो


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान)ले सरकारी चिकित्सकहरुको आकस्मिक बैठक बोलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपनि त्यसमा आफूहरुको माग सम्बोधन नभएको भन्दै गोदानले आकस्मिक बैठक बोलाएको हो । गोदानले सबै सरकारी चिकित्सकहरुलाई आज (बुधबार) दिउँसो साढे तीनबजे राष्ट्रिय ट्रमा सेन्टरमा भेला हुन आब्हान गरेको छ ।

सरकारले स्ववास्थ्य सेवाका ७,८,९ र १० औं तहको कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको थियो । सरकारी चिकित्सकलाई संघ मातहतमा राखेर समायोजन गर्नुपर्ने माग गर्दै आएको गोदानले  माग पुरा नभए सामुहिक राजीनामा दिने चेतावनी पनि दिएको थियो ।

गोदानले सरकारसँग भएको सम्झौता र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति तथा पदाधिकारी नियुक्तीको विषयमा बैठकमा छलफल गर्ने जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १२ : ५५ बजे

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं