टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने | Khabarhub Khabarhub

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० रुपैयाँ प्रोत्साहन भत्ता दिने


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए ।

टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।

यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ ।

टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ४३ बजे

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी

सदन बहिष्कार गर्दै ज्ञानेन्द्र शाहीले भने- प्रचण्डको छेपारो प्रवृत्ति, सभामुख बिचौलियाको पक्षमा 

काठमाडौं– राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद् र सभामुख बिचौलियाको

सभामुखले सदनको अभिभावकत्व निर्वाह गर्न सकेनन्, पेलेरै लाने व्यवहार देखाए : रास्वपा

काठमाडौं– रास्वपाका सांसद मनिष झाले आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुखले आफूहरूलाई

कोशीको बजेटको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँ 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ३५