कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेशमा ४९ जना संक्रमित थपिए | Khabarhub Khabarhub

कर्णाली, गण्डकी र सुदुरपश्चिम प्रदेशमा ४९ जना संक्रमित थपिए


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली, गण्डकी र सुदुरपश्चि प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति मार्फत कास्कीका एकजना र लमजुङका१६ जना गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ आएको स्वास्थ्य निर्देशनालयले जनाएको हो । नयाँ थपिएका संक्रमितमध्ये एकजना महिला र अन्य १६ जना पुरुष रहेका छन् ।

१६ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ३१ जना पुगेको छ ।

कर्णाली प्रदेशमा थपिए ६ जना

कर्णाली प्रदेशमा पनि थप ६ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्ति मार्फत कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा ५ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकजना गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सुर्खेतका ३ जना, दैलेखका एकजना, स्याङ्जाका एकजना र कालिकोटका एकजना रहेका छन् । उनीहरु मध्ये एकजना महिला र ५ जना पुरुष छन् ।

कर्णाली प्रदेशमा ६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ४७४ पुगेको छ ।

कर्णाली प्रदेशमा ४९ जना आजै डिस्चार्ज

कर्णाली प्रदेशमा ४९ जना कोरोना संक्रमित आजै डिस्चार्ज भएका छन् ।

लेकबेसी आइसोलेसन सेन्टर सुर्खेतबाट ३१ जना पुरुष र २ जना महिला सहित ३३ जना, गुर्भाकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ९ जना पुरुष, सिम्ता आइसोलेसन सेन्टर सुर्खेतबाट ३ जना पुरुष, प्रदेश अस्पताल सुर्खेतबाट २ जना पुरुष र सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट २ जना पुरुष डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार १२७ पुगेको छ । यस्तै विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ३४१ जना संक्रमित रहेका छन् ।

सेती अस्पतालको प्रयोगशालामा २६ जनाको रिपोर्ट पोजेटिभ

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा २ सय ९ वटा नमूना परीक्षण गर्दा थप २६ जना नयाँ संक्रमित थपिएको जानकारी गराएको हो ।

नयाँ थपिएका संक्रमितहरु कैलालीका १७ जना, कंचनपुरका ३ जना र अछामका ६ जना रहेका छन् । उनीहरु मध्ये ७ वर्षकी बालिका सहित ८ जना महिला र ८ वर्षको बालक सहित १८ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ३ : ४२ बजे

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको

लागूपदार्थ सेवन गरी सवारी चलाउने छ जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज

प्रि ओपन सेसन : झिनो अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

साना किसान विकास लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई