विश्वभर ६२ लाख ९२ हजारभन्दा बढी कोरोना संक्रमित निको « Khabarhub

विश्वभर ६२ लाख ९२ हजारभन्दा बढी कोरोना संक्रमित निको


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण देखिएको ६ महिना नाघ्दा ६२ लाख ९२ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९२ हजार २३ छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३२ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ८१ हजार ८१८ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १३७ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ ।

२४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ४० बजे

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू

विभिन्न देश पठाउने भन्दै डेढ करोड ठगी, ३ जना पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

महाधिवेशन सौहार्दपूर्ण सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्छ: देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसमा निर्धारण गरिएको