गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध « Khabarhub

गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गाेरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।

पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ काे सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।

तर दुवै नगरपालिका स्थानीयले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका छन् । प्रहरीले तीन घण्टाकाे अवरोध हटाएपछि शव व्यवस्थापन टोलीले खाल्डो खनेको भए पनि स्थानीयको विरोधको व्यवस्थापनमा समस्या उब्जिएको हो ।

प्रहरीले बल प्रयोग गरेर स्थानीयलाई हटाउने र शव व्यवस्थापन गर्ने तयारी गरेको छ ।

कोरोनाले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध हुँदा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।

नेपाली सेनाको विशेष टोलीले शव व्यवस्थापनमा जुटेको छ ।

शव व्यवस्थापनमा अवरोध गर्नेलाई लक्षित गरेर प्रहरीले सुरुमा चार सेल अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

सरकारले संक्रमितको मृत्यु भएपछि जतिसक्दो चाँडो मापदण्ड पूरा गरेर शव व्यवस्थापन गर्नुपर्ने निर्देशिकामा उल्लेख  छ।

 

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ३० बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका