कोरोना भाइरस : विश्वभर एकै दिन ३५ सयको मृत्यु, १ लाख ७५ हजार संक्रमित | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर एकै दिन ३५ सयको मृत्यु, १ लाख ७५ हजार संक्रमित


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३५ सयभन्दा बढीको मृत्यु भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ३६ हजार ७१९ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५६८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १५ लाख ५५ हजार २८० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७५ हजार ४९९ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६५ लाख ३१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ६९७ जनाको मृत्यु भएको छ ।

२४ लाख ७७ हजार ५७२ जना संक्रमित भएकोमा १४ लाख ३० हजार ६२० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७५ हजार ३५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३४ लाख ८७ हजार ६१९ पुगेको छ । त्यसमध्ये १५ लाख ६४ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६२ हजार १६३ जनाको मृत्यु भएको छ । २५ लाख ७९ हजार ४५२ जना संक्रमित भएकोमा १७ लाख ३८ हजार ४६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९३ हजार ६८५ जनाको मृत्यु भएको छ । २५ लाख १४ हजार १३४ जना संक्रमित भएकोमा १५ लाख ५५ हजार ४८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४०० जनाको ज्यान गएको छ भने ४ लाख ७९ हजार ८४५ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३० हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । १० हजार ९४ जना संक्रमित भएकोमा ८ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : १५ बजे

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी