‘फाइभजी’को शुरुवात दक्षिण कोरियाबाट « Khabarhub

‘फाइभजी’को शुरुवात दक्षिण कोरियाबाट


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाले विश्वमै पहिलोपटक पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा व्यावसायिक रुपमा वितरण गर्ने भएको छ । आगामी शुक्रबारबाट दक्षिण कोरियाको सबैभन्दा ठूलो एसके टेलिकमले व्यावसायिक रुपमा पाचौँ पुस्ताको मोबाइल इन्टरनेट सेवा फाइभ जी वितरण गर्न लागेको जनाएको हो ।

यससँगै दक्षिण कोरियाको मोबाइल उपकरण बनाउने कम्पनी सामसुङको ग्यालेक्सी एस १० स्मार्टफोनमा उच्च गुणस्तरमा तीब्र गतिको मोबाइल इन्टरनेट प्रयोग गर्न पाइनेछ ।

दक्षिण कोरियाली सेवाग्राहीलाई उच्च गुणस्तरको इन्टरनेटको तीब्रता र पिक्चर क्वालिटी उपलब्ध गराउनका लागि फाइभजी सेवा शुरु गर्न लागिएको एसके टेलिकमका कार्यकारी उपाध्यक्ष ¥यु योङ साङले जनाएका छन् ।

उनका अनुसार फाइभ जीले स्मार्टफोनमा गेमको स्ट्रिमिङमा थोरै समय मात्र ढिलाई गर्ने भएकाले यस सेवाले गेमिङ उद्योगको रुपरेखा नै परिवर्तन गर्नेछ ।

फाइभजी प्रविधिबाट हाल प्रचलनमा रहेको चौथो पुस्ताको फोरजी प्रविधिभन्दा २० गुणा तीब्र गतिमा इन्टरनेट चलाउन सकिने बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ६ : ३३ बजे

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)