एकतर्फी सञ्चालनमा आयो रसुवागढी नाका | Khabarhub Khabarhub

एकतर्फी सञ्चालनमा आयो रसुवागढी नाका


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण ६ महिनासम्म बन्द नाका सञ्चालनमा आएको हो ।

चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइपुर्‍याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी ब्यापार सुरु भएको खड्काले बताए ।

नेपालबाट हुने निकासी र मानवीय ओहोर–दोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ ।

सोमबार चीनतर्फ लामो समयदेखि रोकिएको रेडिमेट गार्मेन्टहरु नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १२० टन सामग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने छ ।

नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरू नै परिचालित हुने र त्यसका लागि १५ जना चालक र १५ जना लोडरी गरी ३० जना जनशक्ति चीनतर्फ पठाइएको पनि भन्सार कार्यालयले जनाएको छ ।

चीनतर्फ पठाइएका सबैको कोरोना परिक्षण गरिएको र उनीहरूको पीसीआर नतिजा नेगेटिभ छ । चीन गएकाहरू चिनियाँको सम्पर्कमा नरहने र होटल क्वारेन्टिनमा बसेर काम गर्ने सहमति भएको छ ।

मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याइने भन्सार कार्यालयले जनाएको छ । व्यवसायीहरू तीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : १७ बजे

धोबिखोला सफा बनाउने र करिडोरमा अतिक्रमित जग्गा फिर्ता ल्याइने

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार धोबीखोला करिडोरको

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं–  उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिका दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबीच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७.८३

मुलुकको समृद्धि नै संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि

औषधि मूल्य समायोजन प्रतिवेदन सार्वजनिक नहुँदै व्यवसायी आन्दोलित, आफ्नो मात्र हित नहेर्न आग्रह 

औषधीको मूल्य नीति सुझाव समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइएको