२२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ | Khabarhub Khabarhub

२२ किलो चरेस र बाघको छालासहित ३ पक्राउ


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुटवलबाट साढे २२ किलो चरेससहित दुईजना पक्राउ परेका छन् । प्रदेश ५ प्रहरीको विशेष टोली (आरआईटी) को संक्रियतामा उनीहरु पक्राउ परेका हुन् ।

प्रदेश ५ का डीआईजी रवीन्द्र धानुकका अनुसार बुटवल उप-महानगरपालिका १२, हरियाटोलबाट धनबहादुर दमाईंको खाली घरमा लुकाएको अवस्थामा चरेस फेला परेको हो ।

प्रहरीले चरेससहित गुल्मको मदाने गाउँपालिका ७ का २९ वर्षीय मेघराज गिरी र पूर्वीरुकुम सिस्‍ने गाउँपालिका ८ का ३५ वर्षीय रतिभान दमाईंलाई पक्राउ गरेको छ ।

डीआईजी धानुकले पछिल्लो समय आफूले आरआईटी समूहलाई सक्रिय बनाएको बताए । आरआईटी डीआईजीकै निर्देशनमा प्रदेशभर परिचान हुने प्रहरीको टिम हो ।

यस्तै बाँके राप्तीसोनारी गाउँपालिका १ बाट बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन् ।

आरआईटीकै टोलीले ४६ को नवराज घर्ती मगरलाई आफ्नै घरको मकै बारीमा लुकाई राखिइएको टाटेपाटे बाघको छाला र हड्डीसहित पक्राउ गरेको ५ नम्बर प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदाबरले जानकारी दिए ।

उनका अनुसार आरआईटी र इप्रका कुसुमको सयुक्त टोलीले छालासहित मगरलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ५९ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन