कोरोना भाइरसको संक्रमणले विश्वभर एकै दिन ३ हजार ५८३ को मृत्यु « Khabarhub

कोरोना भाइरसको संक्रमणले विश्वभर एकै दिन ३ हजार ५८३ को मृत्यु


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ३ हजार ५८३ को मृत्यु भएको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६१८ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३ हजार ५८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड १७ लाख ३७ हजार ९५५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ७१ हजार ५०८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ६६ लाख ३७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ९८९ जनाको मृत्यु भएको छ ।

२४ लाख ९२ हजार ८०४ जना संक्रमित भएकोमा १४ लाख ३७ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७६ हजार १२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३५ लाख ५५ हजार ६७ पुगेको छ । त्यसमध्ये १५ लाख ९३ हजार ४१८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६३ हजार २९३ जनाको मृत्यु भएको छ । २६ लाख ३० हजार ११७ जना संक्रमित भएकोमा १७ लाख ७८ हजार ३१५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९४ हजार ९२५ जनाको मृत्यु भएको छ । २५ लाख ४९ हजार ५१७ जना संक्रमित भएकोमा १५ लाख ६६ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ११ हजार ४६९ जनाको ज्यान गएको छ भने ४ लाख ९३ हजार ७१० संक्रमित छन् । संक्रमितमध्ये २ लाख ३८ हजार ४६४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार २३३ जना संक्रमित भएकोमा ९ हजार १७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ७ : १७ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी