बेडरुममा नराख्नुहोस् यी ५ चीज | Khabarhub Khabarhub

बेडरुममा नराख्नुहोस् यी ५ चीज


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको जीवनमा अतंरग महत्वपुर्ण हुन्छ । यसका लागी सबैभन्दा उत्तम स्थल हो, उनीहरुको बेडरुम ।

तर कतिपय अवस्थामा जान अञ्जानमा मानिसले बेड रुममा राखेका केहि तस्बिरले उनीहरुको प्रेममय जीवनलाई असर पारिरहेको हुन्छ ।

वास्तुशास्त्रमा यस्ता केहि चिजहरु छन् जो बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ ।

१. मृतक वा पितृका तस्बिर
परिवारको कुनै पनि आफन्तजन वा प्रियजनको मृत्युपछि उनीहरुको तस्बिर सम्झना र सम्मानका लागी घरको भित्तामा झुण्ड्याउने गरिन्छ ।

तर ती तस्बिर श्रीमान श्रीमतीको बेडरुममा भने राख्नु हुदैन । अन्यथा यसले मानिसको मनमा नैराश्यता र नकारात्मक उर्जा पैदा गर्दछ र श्रीमान श्रीमतीको सम्बन्ध सुमधुर हुन पाउँदैन ।

२. देवी–देवताका तस्बिर
वास्तु शास्त्र अनुसार श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि देवी–देवता, मठ मन्दिर वा शक्तिपिठहरुको तस्बिर राख्नु हुदैन ।

यसले भगवानको प्रतिको सम्मान घट्नुको साथै पति पत्नीबीचको दुरी समेत बढ्ने गर्दछ ।

बरु यस्ता तस्बिरलाई पूजा कोठामा राख्नु नै उपयुक्त हुन्छ । बेडरुममा यस्ता तस्वीर राख्दा पति–पत्नीको सम्बन्धमा फाटो आउन पुग्छ ।

३. जुता चप्पल
कतिपय मानिसमा जुत्ता चप्पल बेडरुमसम्म लाने बानि हुन्छ । तर वास्तुशास्त्र अनुसार बेडरुममा जुता चप्पल वा अन्य अनावश्यक चीजहरु भए यसले श्रीमान श्रीमतीको सम्बन्धमा दरार पैदा गर्दछ । यस्ता चीजले बेडरुममा नकारात्मक उर्जा उत्पादन गर्दछ । यसले पति–पत्नीको सम्बन्धमा नकारात्मक असर पार्दछ । तसर्थ जुत्ता चप्पल ढोका बाहिरै राख्नु पर्दछ ।

४. विद्युतीय उपकरण
श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि विद्युतीय उपकरण हुनु हुदैन । कम्प्युटर, टिभीजस्ता विद्युतीय उपकरण बेडरुममा भइदिदाँ यसले जोडी बीचमा दूरी उत्पन्न गराउँदछ । वास्तुशास्त्र अनुसार विद्युतीय उपकरणले अग्नि तत्वबाट प्रभावित हुन्छन् जसले सम्बन्धमा असर पार्दछ ।

५. सामग्री पनि नराख्नुहोस्
श्रीमान श्रीमतीको बेडरुममा कुनै पनि हिस्रंक पशु, डुब्दै गरेको जहाज वा मुर्ती राख्नु हुदैन । यसले वैवाहिक जीवनमा मनमुटाव तथा कलह ल्याउछ ।

साथै बेडरूममा एउटा मात्र बेड हुनु पर्दछ । एउटै कोठामा दुई वटा बेड हुदाँ यसले वैवाहिक सम्बन्धमा असर पार्दछ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ४५ बजे

विद्याको पक्षमा प्रचण्डले भने- राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त हुँदैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

बेइजिङ- उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो विश्वयुद्धको अन्त्य

कलाकारहरु नै पत्रकार लिएर जान्छन् ‘हल भिजिटमा’, आईएनआईले लगायो हलमा क्यामेरा प्रतिबन्ध

काठमाडौं – आईएनआई सिनेमाज चेन अन्तर्गतका हलहरुमा व्यवसायिक शोमा क्यामेरा

हिम स्टार ऊर्जाको शेयर नेप्सेमा सूचिकृत, कहिलेबाट आउँछ कारोबार ? 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको

चिनियाँ सैन्य परेडमा एकसाथ देखिँदै ओली, किम र पुटिन

काठमाडौं– जापानी आक्रमणविरुद्ध प्राप्त सफलताको ८०औँ वार्षिकोत्सवको अवसर पारेर चीनले