लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स | Khabarhub Khabarhub

लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ ।

झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।

विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ ।

संविधान अनुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो ।

सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र (मास प्रिन्टर) किनेको थियो । अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १ : ५२ बजे

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।

च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर