हिरोइन भएपछि यति त सहनुपर्छ भन्नु अपमानजनक: स्वस्तिमा « Khabarhub

हिरोइन भएपछि यति त सहनुपर्छ भन्नु अपमानजनक: स्वस्तिमा


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका स्वस्तिमा खड्काले निर्माता तथा निर्देशक युवराज लामाको अभिव्यक्तिप्रति विरोध जनाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै लामाको अभिव्यक्तिप्रति असहमति जनाउँदै अपमानजनक भएको टिप्पणी गरेकी हुन् ।

निर्मातासमेत रहेका युवराज लामाले अभिनेता भुवन केसीलाई समर्थन गर्दै कसैले अंकमाल गर्‍यो, गाला छायो भनेर रुनुको अर्थ नभएको बताएका थिए । उनले अन्तर्वार्तामा चलचित्र क्षेत्रमा यस्तो भइरहने भनेका थिए ।

लामाको यो भनाइप्रति स्वस्तिमाले असहमति प्रकट गरेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – चलचित्र क्षेत्रको जिम्मेवार र वरिष्ठ व्यक्तिले यस्तो भन्नु दुखद कुरा हो ।

कसैलाई छुने, चुम्बन गर्ने, जबरजस्ती तान्ने जस्तो व्यवहार शारीरिक दुर्व्यवहार भएको र यस्तो दुर्व्यवहार सह्य नहुने स्वस्तिमाले बताएकी छिन् ।

स्वस्तिमाले हिरोइन भएर यति त सहनुपर्छ भन्नु अपमानजनक भनाइ भएको बताएकी छिन् । युवराज लामाले अन्तर्वार्ताका क्रममा हिरोइन भएपछि यति त सहनुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

केही दिनअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेता भुवन केसीले आफूमाथि घिनलाग्दो व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

नेपाली फिल्म उद्योगमा कलाकारले कलाकारलाई गर्ने व्यवहारलाई लिएर बहस सिर्जना भइरहेका बेला युवराज लामाको उक्त अभिव्यक्ति सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ६ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना