विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित,  ५ हजार ५१८ को मृत्यु « Khabarhub

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित,  ५ हजार ५१८ को मृत्यु


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ ।

विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ७० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ५० जनाको मृत्यु भएको छ ।

२५ लाख १८ हजार ५०७ जना संक्रमित भएकोमा १४ लाख ६५ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७९ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख ९३ हजार ४९९ पुगेको छ । त्यसमध्ये १६ लाख ८७ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६५ हजार ५१६ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार ७८५ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९८ हजार ५६४ जनाको मृत्यु भएको छ । २६ लाख ७० हजार ६०५ जना संक्रमित भएकोमा १७ लाख ३३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार २७० जनाको ज्यान गएको छ भने ५ लाख २५ हजार ८९२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ५५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५२८ जना संक्रमित भएकोमा ९ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ०१ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख