यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका पाँच जिल्ला  « Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका पाँच जिल्ला 


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालका पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएको जानकारी दिएको छ ।

नेपालका पाँच जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार विगत २४ घण्टायता नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ जना पुगेको छ। यीमध्ये हालसम्म ७ हजार ८ सय ९१ जना निको भएर घर फर्किएका छन्।

बुधबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : २९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज