कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित,  ५ हजार ४०४ को मृत्यु « Khabarhub

कोरोनाले एकै दिन विश्वभर २ लाख २२ हजार संक्रमित,  ५ हजार ४०४ को मृत्यु


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ४०४ को मृत्यु भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५७ हजार ३९५ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ४०४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यस्तै १ करोड २३ लाख ८६ हजार २७६ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख २२ हजार ८२५ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

यो समाचार तयार पार्दासम्म ७१ लाख ८६ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ४८४ जनाको मृत्यु भएको छ ।

२५ लाख ३२ हजार ३६१ जना संक्रमित भएकोमा १४ लाख ७९ हजार ३६३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८२ हजार २३७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३७ लाख ७४ हजार २३३ पुगेको छ । त्यसमध्ये १७ लाख ३२ हजार २९४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६६ हजार ६३१ जनाको मृत्यु भएको छ । २७ लाख ९१ हजार ३२५ जना संक्रमित भएकोमा १९ लाख २० हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४०१ जनाको मृत्यु भएको छ । २७ लाख ३२ हजार ९४१ जना संक्रमित भएकोमा १७ लाख ७९ हजार ६७० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १२ हजार ४९९ जनाको ज्यान गएको छ भने ५ लाख ४५ हजार १०८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ६५ हजार ६८३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ७१६ जना संक्रमित भएकोमा ९ हजार १७७ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ८ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार