सरकारी चिकित्सक फेरि आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प पार्दै « Khabarhub

सरकारी चिकित्सक फेरि आन्दोलनमा, स्वास्थ्य सेवा ठप्प पार्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीयता अनुसार स्वास्थ्यका कर्मचारीको समायोजन प्रक्रिया विभेदकारी रहेको भन्दै सरकारी चिकित्सकहरु फेरि आन्दोलित बनेका छन् ।

सरकारले संघीयता अनुसार स्वास्थ्य तर्फको कर्मचारी समायोजन सूची सार्वजनिक गरेपछित्यसमा असन्तुष्टी जनाउँदै सरकारी चिकित्सकले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले प्रधानमन्त्री स्वयंले गरेको प्रतिबद्धता र सहमती विपरित सरकारले असमान र अवैज्ञानिक ढंगले चिकित्सकको समायोजन गरेको अरोप समेत लगाएको छ ।

संघले समायोजन प्रक्रियाको विरोध गर्दै समायोजन पत्र नबुझ्ने र आन्दोलनका सक्रिय रहने, शुक्रबारदेखि हावाहुरी प्रभावित क्षेत्रबाहेका जिल्लाहरुमा आकस्मिक बाहेका सेवा बन्द गर्ने लगायतका आन्दोलनका र्काक्रमहरु सार्वजनिक गरेको छ ।

आफूहरुको माग प्रति सरकारले व्यवस्ता गरे सबै सरकारी चिकित्सकले सामुहिक राजिनामा दिने गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले बताए ।

‘प्रधानमन्त्रीले हाम्रो माग अनुसार केन्द्रिय सरकारको मातहतमा प्रदेश र स्थानीय तहमा खटाउने भन्ने प्रतिवद्धता गर्नुभएको थियो । तर प्रधानमन्त्रीले आफैले गर्नुभएको प्रतिवद्धता पुरा गर्नुभएन,’ अध्यक्ष डा पाण्डेले खबरहबसँग भने,‘अब हामी आकस्मिक बाहेका सेवा ठप्न पारेर आन्दोलनमा उत्रिन्छौं । हामीसँगर भएको सहमती पुरा नभए समायोजन प्रक्रिया बहिष्कार गरेर देशभरका सरकारी चिकित्सकले सामहिक राजिनामा दिन्छौं ।’

सामुहिक राजिनामाका लागि देशभरका ७ सय चिकित्सकको राजिनामा पत्र संकलन भइसकेको छ,अन्य चिकित्सकको राजिनामा पत्र संकलन गर्ने कार्य अघि बढाइएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ११ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९