विश्वभर ७३ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको « Khabarhub

विश्वभर ७३ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको छ ।

यस्तै १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमित निको भएर गएपछिको चीनको एक कोभिड -१९ अस्पताल, तस्वीर : सिन्ह्वा

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ८७६ जनाको मृत्यु भएको छ ।

२५ लाख ४६ हजार ८९९ जना संक्रमित भएकोमा १४ लाख ९१ हजार ९९५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८३ हजार १७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३८ लाख ४९ हजार २१५ पुगेको छ । त्यसमध्ये १७ लाख ६२ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६७ हजार ७२७ जनाको मृत्यु भएको छ । २८ लाख ४८ हजार ६० जना संक्रमित भएकोमा १९ लाख ५८ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २ हजार २२७ जनाको मृत्यु भएको छ । २७ लाख ९६ हजार ५१ जना संक्रमित भएकोमा १८ लाख २३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् ।

तस्वीर : सिन्ह्वा

अफ्रिकी मुलुकहरूमा १२ हजार ८०३ जनाको ज्यान गएको छ भने ५ लाख ६२ हजार ३५७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ७४ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । ११ हजार २१ जना संक्रमित भएकोमा ९ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार