सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध उजुरी आह्वान « Khabarhub

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाविरुद्ध उजुरी आह्वान


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

गत चैत्र १९ गते मंगलबार बसेको न्याय परिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा, पूर्व महान्यायाधीवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

प्रस्तावित पाँचै जना न्यायाधीशको सुनुवाईका लागि उजुरी आह्वान गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । सभापति कर्णका अनुसार न्यायाधीशहरुमाथि उजुरीका लागि समितिले १० दिनको समय निर्धारण गरेको छ ।

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधिशहरुको सुनुवाई गर्नेछ । न्याय परिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीशरु संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १ : ३१ बजे

सचिवहरूलाई प्रधानमन्त्री कार्कीको कडा निर्देशन : कामको गति बढाउनुस्, नतिजाले बोल्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मन्त्रालयका सचिवलाई बोलाएर सेवा प्रवाहमा

किसान सूचीकरण गर्दै माडी नगरपालिका

चितवन– माडी नगरपालिकाले किसानको सूचीकरण गर्न सुरु गरेको छ ।

के थियो महान्यायाधिवक्ता र उनकी छोरी जोडिएको डिम्ब बेचबिखनको मुद्दा ?

काठमाडौं- यतिबेला उमेर नपुगेका किशोरीहरूबाट अवैध रुपमा डिम्ब सङ्कलन गरी

ब्याटिङ थोरै उकासेर पोखराका जेम्स निशम आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको