कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान, विश्वभर एकै दिन २ लाख ३० हजार संक्रमित « Khabarhub

कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान, विश्वभर एकै दिन २ लाख ३० हजार संक्रमित


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमितको संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।

डब्ल्युएचओका अनुसार पछिल्लो २४ घण्टामा आइतबार एकै दिन विश्वभर २ लाख ३० हजार  ३० हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो संख्या एकै दिन संक्रमण भएको अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जना सम्मलाई संक्रमण पुष्टि भएको थियो ।

अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा संक्रमण तीव्र हुँदा दैनिक थपिने संक्रमितको संख्या धेरै भएको हो ।

आइतबार अमेरिका (उत्तर तथा दक्षिण) मा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, युरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी संक्रमित थपिएका हुन् ।

आइतबार विश्वभर कोभिड–१९ बाट पाँच हजार २८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्ल्युएचओले जनाएको छ ।

डब्ल्युएचओले विश्वभर संक्रमितको संख्या एक करोड २९ लाख १० हजार भन्दा बढी पुगेको जनाए पनि कोरोना भाइरसकै तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले भने संक्रमितको संख्या १ करोड ३० लाख ४२ हजारभन्दा बढी पुगेको जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : २७ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध