हावाहुरी प्रभावितलाई जलविद्युत लगानी कम्पनीबाट ४ लाख राहत « Khabarhub

हावाहुरी प्रभावितलाई जलविद्युत लगानी कम्पनीबाट ४ लाख राहत


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बिहीबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमार्फत् बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख राहत रकम हस्तान्तरण गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अध्यक्ष रहने सो कम्पनीको गत बुधबार बसेको बैठकले कम्पनीको सामाजिक उत्तरदायित्व कोषमा रहेको रकम बारा र पर्साको हावाहुरी प्रभावितलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

हालसम्म ३ अर्ब ९ करोड मुनाफा आर्जन गर्न सफल सो कम्पनीले राज्यलाई १ अर्ब ६५ करोड कर बुझाइसकेको जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ३ : ०४ बजे

क्रियाशील सदस्यता विवाद अन्त्य गर्न पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक

मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान