गण्डकीमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय नाघ्यो « Khabarhub

गण्डकीमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय नाघ्यो


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशमा मंगलबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकका अनुसार मंगलबार थप ४ जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२ सय नाघेको छ ।

आज थपिएका संक्रमतिमध्ये पोखराका २ र नवलपुरका २ पुरुष रहेका छन् ।

उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित ४ जनाको स्वाब पोखराका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र नवलपुरका संक्रमितको स्वाब जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा जाँचिएको थियो ।

यसैगरी, आज मात्रै गण्डकीका ६ जनाले कोरोना जितेर घर फर्केका छन् । स्याङ्जाका १ र कास्कीका ५ गरि ६ जना आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षबाट डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ६ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना