विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित « Khabarhub

विश्वभर एकै दिन थपिए २ लाख १६ हजार कोरोना संक्रमित


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन २ लाख १६ हजारभन्दा बढी कोरोना सिंक्रमित थपिएका छन् ।

योसँगै बुधबार बिहान यो समाचार तयार पार्दा सम्म संक्रमित हुनेको संख्या १ करोड ३४ लाख ५४ हजार ४४९ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३४६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ८१ हजार ११८ पुगेको छ ।

एकै दिन १ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । बुधबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७८ लाख ४६ हजार ४२३ संक्रमितमध्ये १ लाख ५० हजार २५ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९७ हजार २७६ जनाको मृत्यु भएको छ । २५ लाख ९९ हजार ६५ जना संक्रमित भएकोमा १५ लाख ३० हजार ८५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८८ हजार ९७६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४१ लाख ५२ हजार ५०४ पुगेको छ । त्यसमध्ये १९ लाख ३९ हजार ६५७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७२ हजार ६१८ जनाको मृत्यु भएको छ । ३० लाख ७० हजार ८४६ जना संक्रमित भएकोमा २१ लाख ५४ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८ हजार ३०० जनाको मृत्यु भएको छ । २९ लाख ९० हजार ५१३ जना संक्रमित भएकोमा १८ लाख ९४ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १३ हजार ८०३ जनाको ज्यान गएको छ भने ६ लाख २८ हजार ८८५ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख १६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ९१५ जना संक्रमित भएकोमा ९ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ०७ बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका