कसरी चिन्ने खाने र विषालु च्याउ « Khabarhub

कसरी चिन्ने खाने र विषालु च्याउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् । विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ ।

– नेपालको पहाडी, तराई र दुर्गम क्षेत्रमा विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ ।

– नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रजातिका मात्र खानयोग्य छन् । हेर्दा सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ ।

– खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन् ।

– छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन् ।

– किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन् । विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छन् ।

– भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन् ।

– च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन् । कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ । कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन् ।

– विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन्छन् । केही बेर सन्चो भएजस्तो पनि हुन्छ ।

– च्याउको विषले सीधा कलेजोमा असर पार्छ । त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ । अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ ।

– उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन् । बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ ।

– त्यसैले खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ । धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ ।

– च्याउको विष लागिसकेपछि बान्ता गराउने र पखाला लगाउने विधिबाट उपचार गर्न सकिन्छ ।

– विषको असर देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा पुर्‍याइहालौँ । तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ५९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा