एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गरे आजदेखि शुल्क लाग्ने « Khabarhub

एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गरे आजदेखि शुल्क लाग्ने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गरेबापत शुल्क लाग्ने भएको छ ।

साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एसोसिएसनहरुले बुधबार उक्त निर्णय गरेका हुन् । यसअघि लक डाउनका बेला यस्तो शुल्क नलिने निर्णय भएको थियो ।

‘हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दीसमेत खुकुलो भई आवत–जावत समेत सहज भइसकेको छ । यसर्थ, साउन १ गतेबाट विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैंले निर्धारण गर्ने गर्ने सक्छन्’, एसोसिएसनहरूको निर्णयमा भनिएको छ ।

यसअघि कोरोना भाइरसको महामारी र लक डाउनको असरलाई मध्यनजर गर्दै बैंकहरू आफैंले यो सुविधा दिएका थिए ।

कोरोना असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । बैंकहरूले अन्तर बैंक एटीएम प्रयोग गर्दा २० रूपैयाँदेखि २५० रूपैयाँसम्म शुल्क लिदै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ०९ बजे

राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं– थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी

बङ्गलादेश निर्वाचन : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

एजेन्सी– बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक

आर्थिक सुधारको नयाँ चरणमा नेकपाको जोड, संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको

नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता पत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड