एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गरे आजदेखि शुल्क लाग्ने | Khabarhub Khabarhub

एक बैंकको कार्ड अर्कै बैंकको एटीएममा प्रयोग गरे आजदेखि शुल्क लाग्ने


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि एक बैंकको कार्ड अर्को बैंकको एटीएम मेसिनमा प्रयोग गरेबापत शुल्क लाग्ने भएको छ ।

साउन १ गतेदेखि बैंकहरुले अन्तर बैंक कारोबार गर्दा शुल्क लिन सक्ने गरी निर्णय भएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका एसोसिएसनहरुले बुधबार उक्त निर्णय गरेका हुन् । यसअघि लक डाउनका बेला यस्तो शुल्क नलिने निर्णय भएको थियो ।

‘हाल प्रायः जसो सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु खुलेको र बन्दाबन्दीसमेत खुकुलो भई आवत–जावत समेत सहज भइसकेको छ । यसर्थ, साउन १ गतेबाट विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर–बैंक एटिएम प्रयोग गर्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैंले निर्धारण गर्ने गर्ने सक्छन्’, एसोसिएसनहरूको निर्णयमा भनिएको छ ।

यसअघि कोरोना भाइरसको महामारी र लक डाउनको असरलाई मध्यनजर गर्दै बैंकहरू आफैंले यो सुविधा दिएका थिए ।

कोरोना असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए । बैंकहरूले अन्तर बैंक एटीएम प्रयोग गर्दा २० रूपैयाँदेखि २५० रूपैयाँसम्म शुल्क लिदै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  १० : ०९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण