प्रगतिशील कर प्रणालीभित्र रहेर राजश्व संकलन गर्न अर्थमन्त्रीको सुझाव « Khabarhub

प्रगतिशील कर प्रणालीभित्र रहेर राजश्व संकलन गर्न अर्थमन्त्रीको सुझाव


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्वको बाँडफाँड र एकल अधिकार स्थानीय तहमा गईसकेकाले स्थानीय सरकार र प्रदेश सरकारलाई न्यायिकता र प्रगतिशील कर प्रणालीभित्र रहेर राजश्व संकलन गर्न सुझाव दिएका छन् ।

विहीबार राजधानीमा राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले राजश्व संकलन गर्दा वित्तीय व्यवस्थापन, आर्थिक अनुशासन र पारदर्शीतामा पनि उचित ध्यान दिन आग्रह गरे । दीर्घकालसम्म विदेशी अनुदान लिने राष्ट्रको रुपमा मुलुक रहन नहुने भन्दै उनले योजना तथा दृष्टिकोण कार्यान्वनयमा लैजान सबै तहका सरकारका प्रतिनिधिलाई आग्रह गरे ।

योजनाको प्राथमिकता, रणनीति र उद्देश्य हासिल गर्नका लागि गरिने तत्परताले योजना कार्यान्वनको पक्षमा प्रभाव राख्ने भएकाले योजना बन्ने तर कार्यान्वनय नहुने भन्ने गुनासो हुन नदिने गरी कार्यान्वयनमा तत्परता देखाउन तर्फ सचेत बन्न पनि उनले आग्रह गरे ।

विगतमा अनिवार्य दायित्वका रुपमा सिर्जना भएका दायित्व तल नपठाइएकाले स्थानीय र प्रदेश सरकारलाई स्थानीय रुपमा सिर्जित दायित्व पूरा गर्न सहज भएको टिप्पणी गरे ।

१५ औ योजनाको आधारपत्र र २५ वर्षीय दृष्टिकोण गतिशील दस्तावेज भएकाले परिमार्जन गर्दै कार्यान्वयनमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । उनले बजेट प्रस्तुत हुनु अगाडि नै योजनाको आधारपत्र र २५ वर्षीय दृष्टिकोणलाई अन्तिम रुप दिने आग्रह गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  ५ : ४४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि