काठमाडौंको टोखाबाट अपहरणमा परेको ३ घण्टापछि उद्धार, सात जना पक्राउ « Khabarhub

काठमाडौंको टोखाबाट अपहरणमा परेको ३ घण्टापछि उद्धार, सात जना पक्राउ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको टोखाबाट शुक्रबार बिहान अपहरणमा परेका व्यक्तिको प्रहरीले ३ घण्टापछि सकुशल उद्धार गरेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार, टोखाको कोठाबाट रामबाबु साहलाई चार/पाँच जनाको समूहले अपहरण गरेर लगेको सूचना लगत्तै खटिएको प्रहरी टोलीले उनको सकुशल उद्धार गरेको हो ।

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार आफ्ना बाबु अपहरणमा परेको र २५ लाख माग राख्दै अपहरणकारीले साहका छोरालाई फोन गरेका थिए।

लगत्तै उनले बिहान साढे १० बजे प्रहरी कन्ट्रोलमा आफ्ना बुबालाई अपहरण गरेको भन्ने खबर गरे। त्यसपछि महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले ३ घण्टापछि साहलाई सकुशल उद्धार गर्न सफल भएको हो ।

प्रहरीले लोकन्थलीको एक कोठाबाट शुक्रबार दिउँसो साढे १ बजेतिर सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले साहलाई सोही कोठामा बन्धक बनाएर राखेका थिए।

‘प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच जग्गा कारोबारको विषयमा साहले २५ लाख लिएको भन्ने बुझिएको छ’, महाशाखाका एसपी होविन्द्र बोगटीले भने, ‘त्यही रकम चाहिएको भन्दै अपहरण गरेको देखिन्छ।’

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ७ : ५६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको