नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न « Khabarhub

नेकपा विवाद फेरि सचिवालयमै फर्कियो,  बैठक आज अपराह्न


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र चर्केको शक्ति संघर्ष फेरि सचिवालय बैठकमै पुगेको छ ।

विवादका बीच जारी स्थायी कमिटी बैठक पटक/पटकको स्थगनमा  परेपछि विवाद फेरि सचिवालय बैठकमै फर्किएको हो ।

केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये कम्तीमा एउटा पद छाड्नै पर्ने प्रचण्ड-माधव समूहको अडान र दुबै पद नछाड्ने ओलीको अडानले फुटको संघारमा पुगेको नेकपाभित्र गतिरोध बल्झिदै गएको छ ।

गतिरोध अन्त्यको प्रयासस्वरूप आज अपराह्न ३ बजे बालुवाटारमा सचिवालय बैठक डाकिएको छ ।

गत असार १७ गते सुरू भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर, ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि असार १० गते स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ८ : २३ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती