विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण « Khabarhub

विश्वभर १ करोड ४४ लाखभन्दा बढीमा कोरोना संक्रमण


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ४४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २४ हजार ६५ जनामा संक्रमण देखिएसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४४ लाख १४ हजार ४५१ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ४ हजार ८१९ पुगेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८६ लाख ११ हजार २३६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९८ हजार ८८९ जनाको मृत्यु भएको छ । २६ लाख ५७ हजार ६८३ जना संक्रमित भएकोमा १५ लाख ८२ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९५ हजार ७७७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४४ लाख ९२ हजार ९६९ पुगेको छ । त्यसमध्ये २१ लाख ८४ हजार १६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७८ हजार ४३० जनाको मृत्यु भएको छ । ३३ लाख ३१ हजार ४०३ जना संक्रमित भएकोमा २३ लाख ५९ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १६ हजार ५७२ जनाको मृत्यु भएको छ । ३२ लाख २० हजार १६० जना संक्रमित भएकोमा २१ लाख ३ हजार ८६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १४ हजार ९९६ जनाको ज्यान गएको छ भने ७ लाख ६ हजार ६९ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ७० हजार ७१५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४० जनाको मृत्यु भएको छ । १३ हजार १२० जना संक्रमित भएकोमा ९ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ६ : ५५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक