काठमाडौं- कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुला नहुने भएको छ ।
सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले साउनका सोमबारमा पनि मन्दिर खुला नगरिने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।
लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किए पनि भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् ।
प्रतिक्रिया