आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै | Khabarhub Khabarhub

आज घण्टाकर्ण अर्थात् गठामङ्गल मनाइँदै


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ ।

चाडपर्वमध्ये सबैभन्दा पूरानो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् ।

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा किरा नलाग्ने विश्वास रहेको बताउँछन् ।

यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।

यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण मान्छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ९ : ५२ बजे

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ

कञ्चनपुरमा आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट

कञ्चनपुर– कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो 

काठमाडौं– प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका