कोरोना संक्रमित बढेपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बुधबार थप  १६ जनामा कोभिड-१९ पुष्टि भएपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका छन् ।

पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्न/नगराउन भन्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ कट्टेलको भनाइ छ ।

असार २४ गते गाउँपालिकाका ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १६ जना कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला प्रशासनद्वारा जारी गरिएको सूचना

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ०९ बजे

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले