भोलि बिहानदेखि वीरगञ्जमा निषेधाज्ञा जारी गरिने | Khabarhub Khabarhub

भोलि बिहानदेखि वीरगञ्जमा निषेधाज्ञा जारी गरिने


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्जमा साउन १० गते अर्थात् भोलि शनिवार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

यता शुक्रवार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराईरहेकी वीरगञ्ज महानगरपालिका वडा नं.११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको छ ।

मुटु रोगबाट ग्रसित ती बृद्ध महिला निमोनिया भएर अस्पतालमा उपचारका लागि भर्ना भएको चिकित्सक डा.निरज सिंहले जानकारी दिए ।

त्यस्तै मंगलबार कोरोना अस्पताल मैं उपचार गराई रहेका वीरगञ्ज महानगरपालिका वडा नं.६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भए पछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले अन्त्येष्ठि गरेको थियो ।

पर्सा जिल्लामा यस अघि बिहीबार राति ३० जनामा कोरोना संक्रमण देखा परेसँगै संक्रमितको संख्या ७७ जना पुगेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ३ : ५६ बजे

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती