बाढीपहिरो रोकथामका लागि बजेट व्यवस्थापन गर्छौं ‍: मन्त्री पुन « Khabarhub

बाढीपहिरो रोकथामका लागि बजेट व्यवस्थापन गर्छौं ‍: मन्त्री पुन


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षासँगै मुलुकका विभिन्न स्थानमा आउनसक्ने बाढीपहिरो र डुबानका समस्या रोकथामका लागि बजेट व्यवस्थापन हुने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले तत्काल बजेट व्यवस्थापन गर्ने निर्णय गरेको हो।

आपतकालीन अवस्थामा दैवीप्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि मन्त्री वर्षमान पुनले सरोकारवालाहरुको बैठक राखेका थिए।

मन्त्री पुनको सचिवालयका अनुसार तत्कालका लागि गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रोकथामका काम गर्ने निर्णय गरेको छ।

त्यसका लागि प्राधिकरणले जिल्लास्थित प्रदेश सरकारअन्तर्गतका जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी तत्कालको समस्या समाधान गर्ने निर्णय भएको मन्त्री पुनले बताए ।

आपतकालीन बजेट तथा सबै जिल्लामा संघीय सरकारको सिंचाइ विभाग अन्तर्गतका निकायको अभावमा जोखिम न्यूनीकरणको काम गर्न नसकिएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको मन्त्री पुनले बताए ।

जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापाले तराइसहित सिन्धुपाल्चोक, पर्वत, गुल्मी, म्याग्दी, बागलुङ, बझाङलगायत जिल्लाबाट सम्भावित जोखिम रोक्नका लागि बजेट माग भएको जानकारी दिए ।

थापाले तत्कालका लागि ३३ करोड र दीर्घकालका लागि दुई अर्ब रुपैयाँ आवश्यक पर्ने बैठकलाई जानकारी गराएका थिए।

बैठकमा अर्थसचिव शिशिरकुमार ढुंगाना, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापा र गृह मन्त्रालयअन्तर्गतको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल लगायत सहभागी थिए।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ७ : ०७ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन