गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’ « Khabarhub

गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड ‘सिल’


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड आज राति १२ बजेपछि ‘सिल’ गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले अस्पतालमा उपचाररत एक जना बिरामीमा आज कोरोना सङ्क्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गर्ने निर्णय गरिएको हो ।

इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख यादवले बताए ।

विषादी सेवनका कारण करिब तीन दिनदेखि उनी इमर्जेन्सीमा उपचार गराइ रहेका थिए ।

यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको सङ्क्रमण भेटिएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ८ : ५९ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव