प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी- प्रचण्डको अभिव्यक्ति तथ्यहीन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी- प्रचण्डको अभिव्यक्ति तथ्यहीन


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्ति तथ्यहीन भएको टिप्पणी गरेका छन्।

लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा पार्टी निर्णयकै आधारमा सार्वजनिक भएको भन्दै दिएको अभिव्यक्रिप्रति थापाले यस्तो टिप्पणी गरेका हुन्।

उनले प्रचण्डको नाम समावेश नगरेपनि सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी लेख्दै सार्वजनिक अभिव्यक्ति तथ्यहीन भएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् :

नक्सा प्रकाशनमा सुझाव, निर्देशन र निर्णयको अन्तर्य
ध्यान र निशाना कहाँ छ ?
-सूर्य थापा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही नेताहरूले सार्वजनिक रूपमा भ्रम फैलाएका कारण योविनम्र निवेदन र ध्यानाकर्षण गराउनु जरूरी भएको छ, जसले केन्द्रीय कमिटीको पछिल्लो बैठक (१५-१९ माघ २०७६ ) ले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्न सरकारलाई निर्देशन दिएको र पछि आएर सरकारले नक्सा प्रकाशित गरेको भन्ने दावीसमेत गरिरहेका छन ! पार्टीले भन्नु र सरकारले गर्नु वा नेताले सुझाव दिनु र प्रधानमन्त्रीले सुझाव ग्रहण गर्नुमा अचम्मित हुनुपर्ने त कुनै कारण हुँदैन ।

यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुको साटो बरू आफू प्रधानमन्त्री रहेको बेला पहिल्यै योनक्सा यसैगरी प्रकाशित गरेर इतिहास रचेको भए हुँदैनथ्योहोला र ?

मात्र निर्देशन दिएको भरमा हुने यति सजिलो काम किन आफैले नगरेको होला ?

समस्या त सन् १९६२ (२०१९साल) देखि यहाँ छँदैथियो, किन यो काम २०१९ यताका १६ जना प्रधानमन्त्री र तिनका सरकारहरूले गर्न नसकेर मौन, उदासीन र बेखबर भएका त ?

अनि अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले नै योकाम गर्नुपरेको हो त ?

किन उहाँलाई कृपा गरेर योअवसर दिइएको हो त ?

फेरि सरकारले अध्ययन र तयारी नगरेको भए जेठ १ गते निर्देशन दिएको भरमा जेठ ७ गते सातै दिनमा नक्सा प्रकाशन गरिहाल्न संभव हुने थियो?

नक्सा बनिबनाउ नै थियो?

यस्तो महत्वपूर्ण निर्णय गर्दा अवश्य पनि सल्लाह सुझाव त तीन करोड नेपालीहरू, बौद्धिक क्षेत्र, संचार माध्यमहरू, अभियन्ताहरू तथा सबै पार्टीका नेता कार्यकर्ता र विभिन्न कमिटीहरूले पनि दिनु स्वाभाविक नै थियो। राष्ट्रिय हित र एकतासँग सम्बन्धित यस संवेदनशील विषयमा सबैको सल्लाह र सुझाव सरकारलाई प्राप्त भएको थियो, सरकार स्वयंले तीन पटक त सर्वदलीय सर्वपक्षीय बैठक नै आयोजना गरेर साझा दृष्टिकोण बनाउने काम गरेको थियो।

तदनुरूप खास निर्णय त प्रधानमन्त्रीले लिनुभएर नै सरकारको नीति तथा कार्यकम, मन्त्रिपरिषदको निर्णय, नक्सा प्रकाशन र संविधान संशोधनमा सिङ्गै राष्ट्र एकताबद्द भइकन अघि बढेको तथ्य स्पष्ट छ । यसमा सल्लाह मात्र दिनु र नक्सा प्रकाशित गर्ने साहसिक निर्णय लिनुमा कति ठूलो अन्तर छ भन्ने पनि जगजाहेर नै छ । अनि यता आएर ककसको कुन हीनग्रन्थी रसाएर योसब अभिव्यक्ति आइरहेको छ ?

केन्द्रीय कमिटीको उक्त बैठकद्वारा पारित ११बुँदे समसामयिक प्रस्तावहरूमा अहिले दावी गरिएजस्तो नक्सा प्रकाशित गर्न निर्देशन दिएको अर्थ र आशयसम्म लाग्ने कुनै शब्द, वाक्य, प्रस्ताव र भनिएजस्तो निर्देशन कहींकतै छैन । दुनियाँ र निर्णय गर्ने हामी केन्द्रीय कमिटीका सदस्यहरूलाई यसरी मूर्ख बनाउने अनुचित प्रयाश कसरी पुष्टि हुन्छ ? जबकि प्रधानमन्त्रीले संसदमै बाेल्ने क्रममा यस कदममा सबैको योगदान छ भनेर स्पष्ट गरिसक्नुभएको छ ।

लौ हेरौ त, केन्द्रीय कमिटीको बैठकद्वारा पारित समसामयिक प्रस्तावको योबुँदा –

“८.यो बैठक २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ । ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने कुरामा हाम्रो पार्टी स्पष्ट छ र नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समस्याको समाधान गर्ने पूर्व सहमति विपरीत गरिएको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ । राष्ट्रिय सहमतिलाई थप सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक एवम् राजनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ ।  साथै विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।”

नक्सा प्रकाशन गर्ने भनी सरकारलाई दिएको निर्देशन यसमा खोई कहाँनेर छ ?

शुरूमा यस किसिमको तथ्यहीन दावी गरिए पनि योपुष्टि नहुँदा फेरि बोली बदलिन पुगेको छ । “मेरो अध्यक्षतामा भएको स्थायी किटी वा सचिवालयको बैठकले गरेको निर्णयअनुसार” भन्नुपर्ने सकसचाहिं किन गरिरहनु परेको होला ? प्रधानमन्त्रीले होइन, म र मैले भन्नुपर्ने खण्ड र बाध्यता किन आइपरेको छ ?

त्यस्तो निर्णय कुन वक्तव्यमा, कुन मितिमा र कहिले सार्वजनिक छ ? पार्टी प्रवक्ताले कति गते र कति बजेको मिडिया ब्रिफिङमा योसार्वजनिक गर्नुभएको छ ?

कुन अन्तरपार्टी निर्देशनमा पार्टी पंक्तिलाई र कुन पत्राचारमार्फत सरकारलाई जानकारी गराइएको छ ?

सजबकि स्थायी कमिटीको २०७६ पुस ७ गते सम्पन बैठकले गरेको निर्णय समसमयिक प्रस्तावमा यसप्रकार सार्वजनिक गरिएको पाइन्छ :

“२. यो बैठक गत २०१९ नोभेम्बर २ का दिन नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशित गरेको राजनीतिक नक्सालाई अमान्य ठहर गर्दछ । ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजहरूका आाधारमा ती भूभागहरू एवं सुस्ता क्षेत्र नेपालका अभिन्न अंग हुन् भन्ने यथार्थ पुष्टि भएको कुरामा हाम्रो पार्टी स्पष्ट छ । यस समस्याको समाधानका लागि नेपाल र भारतका परराष्ट्र सचिवहरूको संयन्त्रबाट समाधान गर्ने दुवै देशबीच यसअघि नै भइसकेको निर्णयविपरीत भारतले गरेको एकपक्षीय निर्णय नेपालका लागि मान्य नहुने कुरा पार्टी स्पष्ट पार्न चाहन्छ । यस सम्बन्धमा नेपाल सरकारले लिएका अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन गर्दछ र यस सम्बन्धमा नेपालका सबै राजनीतिक दल, पक्ष र सरोकारवालाहरूका बीचमा कायम भएको राष्ट्रिय सहमतिलाई पार्टी हार्दिक स्वागत गर्दछ । राष्ट्रिय सहमतिलाई सुदृढ बनाउँदै यस समस्याको समाधान कुटनीतिक माध्यमबाट गर्न बैठक सरकारलाई आह्वान गर्दछ । साथै विभिन्न स्थानमा सीमाना र दसगजा मिचिएको र नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमा समेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकोले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गर्दछ ।”

स्थायी र केन्द्रीय कमिटीका बैठकपछि पार्टी एकतासँग सम्बन्धित विषय १५ दिनभित्र टुङ्याउने भन्ने निर्णय नै भएको थियो। आज आठ महउना बितिसक्दा समेत ती १५ दिन किन आउन सकेनन् ?

पार्टी एकीकरण कुन जग, अथोरिटी, सहमति र घोषणामा भएको हो ?

एजेन्डा तय गर्ने, छलफल गर्ने, निर्णय लिने र सहमति गर्ने कसरी हो भनिएको छ ?

भागबण्डा कसरी भएगरेको हो ? समय समयका निर्णय कसरी र के के भएका छन् ?

यी र यस्ता जिज्ञासाहरूसँगै योप्रश्न विशेष रूपमा उठेको छ, ध्यान र निशाना कहाँ छ ? गतिविधि के कस्ता भइरहेका छन् ?

आफ्नो पार्टीको सरकारले गरेको काम, जसमा सिंगो राष्ट्र एकढिक्का बनेको छ, यसमा विवाद र भ्रम किन ?

कसको स्वार्थ र चाहनामा योसब भइरहेको छ ?

विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ?

अनि योमपाईंत्व प्रदर्शन किन ?

तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन ?

के भनेका थिए नेकपा अध्यक्ष प्रचण्डले ? यो लिंक पढ्नुहोस्

नेकपामा गम्भीर संकट आउन सक्छ : प्रचण्ड (मन्तव्यको पूर्णपाठसहित)

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ४ : ०५ बजे

सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक

करको बक्यौता उठाउन घरघरमा पत्र

चितवन– आन्तरिक राजस्व कार्यालय चितवनले बक्यौता कर उठाउन घरघरमा पत्राचार

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

सुनसरी– जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ ।

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध

दक्षिणी सुडानको स्थिति सरकारको नियन्त्रण बाहिर

काठमाडौं – सुडानका व्यवसाय, होटेल तथा घरमा आक्रमण हुन थालेको