एम्बाप्पेको खुट्टामा गम्भीर चोट « Khabarhub

एम्बाप्पेको खुट्टामा गम्भीर चोट


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका फ्रान्सका स्टार केलियन एम्बाप्पेको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।

फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जीत निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भीर चोट लागेको हो ।

२१ वर्षीय एम्बाप्पेलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए ।

पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ । क्लबले बिज्ञप्ती निकाल्दै एम्बाप्पेको चोट गम्भीर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हो ।

पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ ।

च्याम्पियन्स लिगको सेमिफाईनल अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ । एम्बाप्पेले यस सिजन ३३ खेलमा २९ गोल गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ६ : २९ बजे

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन

रसुवा बाढीबारे चिनियाँ राजदूतको दाबी : बुधबार बिहान भूकम्पपछि हिमपहिरो र पहिरोले विपत्ति निम्त्यायो

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण

भोटेकोशी बाढी: चार रुसी नागरिक सम्पर्कविहीन, धुन्चेबाट आठ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक

रसुवा बाढीपछि खण्डहर नुवाकोटको देवीघाट (तस्बिर)

काठमाडौँ– चीनको तिब्बतबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति