कोरोनाले विदेशमा १६१ नेपालीको मृत्यु « Khabarhub

कोरोनाले विदेशमा १६१ नेपालीको मृत्यु


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विदेशमा १६१ नेपालीको मृत्यु भएको छ ।

यो साता थप एक नेपालीको मृत्यु भएसँगै विदेशमा कोरोनाले मृत्यु हुने नेपालीको संख्या १६१ पुगेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म ३६ मुलुकमा रहेका ३१ हजार १५० कुल संक्रमितमध्ये  २९ हजार २४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना संक्रमणमुक्त भएका छन्।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ। यस्तै यूएई, कतार, कुवेत र  साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ८ : ०८ बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर