हावाहुरीपीडितलाई आफूखुसी राहत बाँड्न नपाइने | Khabarhub Khabarhub

हावाहुरीपीडितलाई आफूखुसी राहत बाँड्न नपाइने


२२ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


वीरगञ्ज– हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ ।

हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई बताए ।

हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न ठाउँमा दाता तथा सङ्घसंस्थाहरुले आफू खुशी राहत वितरण गर्दा वास्तविक प्रभावित परिवारले राहत नपाएर अन्य व्यक्तिहरुले राहत पाउने गरेको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्यमा कडाइ गर्दै सो एकद्वार प्रणाली लागू गरेको सूचना अधिकारी मुरारी कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि कुनै पनि व्यक्ति वा सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने जस्ता व्यवस्था गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको तथ्याङ्कअनुसार हावाहुरी प्रभावित क्षेत्रमा ९४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ९५५ घर आंशिक रुपमा क्षति भएको र मृतकहरुको सङ्ख्या २७ पुगेको छ ।

हावाहुरीले फेटा गाउँपालिका–१ भरवलीयामा १३० घर पूर्ण रुपमा क्षति भएको छ भने ६० घर आंशिक रुपमा क्षति भएको छ । त्यहाँ छ जनाको मृत्यु भएको थियो । यसैगरी पुरैनियामा ५५ घर पूर्ण रुपमा क्षति भएको छ भने २५ घर आंशिक रुपमा क्षति भएको छ ।

त्यहाँ १२ जनाको मृत्यु भएको थियो । यसैगरी फेटा ७ गम्हरियामा नौ घर पूर्ण रुपमा तथा छ घर आंशिक रुपमा क्षति भएको छ ।

यसैगरी सुवर्ण गाउँपालिका–१ बगही र चारमोहनामा ६२ घर पूर्ण रुपमा क्षति भएको छ भने १९ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ४ हर्दियामा ९४ घर पूर्ण रुपमा क्षति भएको छ भने १७६ घर आंशिक रुपमा क्षति भएको छ ।

यसैगरी वडा नं. ५ औरहियामा ३९ घर पूर्ण तथा २७ घर आंशिक रुपमा क्षति भएको छ । वडा नं. ८ परशुरामपुरमा ७५ घर पूर्ण रुपमा तथा ४५ घर आंशिक रुपमा क्षति भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ४ : ५१ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल