चिरान काठसहित ११ जना पक्राउ « Khabarhub

चिरान काठसहित ११ जना पक्राउ


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राप्ती गाउँपालिका–४ स्थित राष्ट्रिय वनबाट चिरान सालका घप्पुसहित ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुटीका २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँका १८ वर्षीय शिशिर शाही, पिपरखुटीका १९ वर्षीय  शेखर थापा र ३६ वर्षीय तिलक नेपाली छन् ।

यस्तै सुन्दरपुरका २७ वर्षीय विष्णु गिरी, नयाँगाउँका १८ वर्षीय राहुल भुषाल, पिपरखुटीका २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका–८ सुकुम्वासी गाउँका २४ वर्षीय दुर्गे थापा, सोही ठाउँ कहलुवाका १९ वर्षीय  हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र  २० वर्षीय सञ्जीव विक रहेका छन् ।

उनीहरुको साथबाट १५ थान सालको चिरान घप्पुसमेत बरामद गरिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रवीण बिडारीले जानकारी दिए । उनीहरुले इलाका प्रहरी कार्यालय भालुवाङबाट गएका दुई प्रहरीमाथि कुटपिटसमेत गरेका थिए ।

उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन् । पक्राउ परेकाहरुलाई वन पैदावर  ओसारपसार कसुर अपराधअन्तर्गत कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : २६ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग