‘सत्यमेव जयते २’ को छायांकन सेप्टेम्बरबाट « Khabarhub

‘सत्यमेव जयते २’ को छायांकन सेप्टेम्बरबाट


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसको प्रकोपका कारण केही महिनायता फिल्म र टिशी शो का शूटिङ हुन सकेका थिएनन् । अब भने फिल्मको शूटिङ गर्न थालिएको छ ।

बलिउड अभिनेता जोन अब्राहम स्टारर फिल्म ‘सत्यमेव जयते २’ को पनि छायांकन थालिने भएको छ । यो वर्षको अप्रिलमा रिलिज गर्ने भनिएको फिल्म कोरोना भाइरसका कारण रोकिएको थियो ।

खबरका अनुसार अब यो फिल्मको शूटिङ सेप्टेम्बरबाट शुरु हुनेछ । निर्देशक मिलाप जावेरी र जोन अब्राहम फिल्मको छायांकन गर्न उत्साहित भएका छन् । फिल्मको शूटिङ सेडुअल पनि तयार पारिएको छ ।

हालै एक अन्तर्वार्ताका क्रममा मिलापले लकडाउनका बेला फिल्मको स्क्रिप्टमा थप काम गरिएको बताएका थिए । स्क्रिप्टमा आएको परिवर्तनसँगै फिल्मको शूटिङ लखनउमा हुने बताइएको छ ।

एक्सन प्याक कप ड्रामामा आधारित यो फिल्म पहिले मुम्बईमा शूटिङ गर्ने भनिएको थियो ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘सत्यमेव जयते’ ले दर्शकबाट चर्चा बटुलेको थियो । फिल्ममा प्रयोग गरिएको एक्सनका कारण फिल्मको चर्चा भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ११ : ३५ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट