कोरोना अपडेट: विश्वभर ६ लाख ५६ हजारको मृत्यु « Khabarhub

कोरोना अपडेट: विश्वभर ६ लाख ५६ हजारको मृत्यु


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस  – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोनाभाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तटहरु (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपायहरु घोषणा गर्न थालेका छन् ।

युरोपेली मुलुकहरुले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदमहरु चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ ।

स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीहरुको भ्रमण रद्द गरेका छन् ।

हङकङमा कोरोनाभाइरसको नयाँ संक्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएको छ ।

बेल्जियमले पनि सामाजिक दूरीका नियममा कडाई गर्न थालेको छ ।

यसैबीच, अमेरिकामा ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ ।

आइतबारसम्म लगातार १२ दिनसम्म अमेरिकामा दैनिक संक्रमितको संख्या ६० हजारको हाराहारीमा रहेको थियो । अमेरिकामा एकै दिन ७० हजारभन्दा बढीमा कोरोना संक्रमित समेत भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने देशहरुका सीमाहरु बन्द गर्न जरुरी नरहेको बताएको छ । डब्लुएचओका आपतकालीन निर्देशक माइकल रायनले भने, “विश्वको अर्थतन्त्रका लागि, विश्वका गरिबका लागि यो दिगो रणनीति होइन ।”

उनले भिन्नभिन्न मुलुकमा कोरोनाभाइरस भिन्नभिन्न शैलीमा फैलिने गरेकाले पनि सबै मुलुकलाई एकै डालोमा राख्न नहुने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : ०२ बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन