भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५२ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५२ हजार बढी संक्रमित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

बुधबारको तुलनामा संक्रमित संख्या झण्डै ३ हजार बढेको भारतमा बिहीबार यो समाचार तयार पार्दासम्म ५२ हजार २४९ जना संक्रमित भएका छन् ।भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ४० बजे

ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौं– केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी

पार्टीलाई सही ढङ्गले अघि बढाउन नेतृत्वमा दाबी गरेको हुँ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढङ्गले

झिनो अंकले बढ्यो नेप्से, १५५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न

कतारका लागि चितवनबाट बिदा भए खगेन्द्र र रूद्रकली

काठमाडौं– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका