४ महिनापछि खुले दामनका होटल « Khabarhub

४ महिनापछि खुले दामनका होटल


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटल चार महिनाको लकडाउनपछि आजदेखि खुलेका छन् ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटल खुलेको थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्रीले जानकारी दिए ।

सरकारले गत असार २६ गतेबाट लकडाउन खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार आजबाट दामनका होटल खुलेका हुन् ।

एशोसिएशनको गत साउन १ गतेको बैठकले साउन १५ गतेबाट एशोसिएशनमा आवद्ध होटल स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वर्षायाम भएको र अझै लामो दूरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको सङ्ख्या कम हुने भएपनि आन्तरिक पर्यटनमा सहयोग पुर्‍याउन होटल पुनःसञ्चालनमा ल्याइएको एशोसिएशनका महासचिव उकेशचन्द्र केसीले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : १६ बजे

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

प्रधानमन्त्री भन्छन् : सुकुम्वासीमाथि बल प्रयोग हुँदैन, मानवीय ढंगले सुरक्षित स्थानमा सार्छौँ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी

बल प्रयोग नगरी सुकुम्बासीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौंका नदी किनारमा रहेका सुकुम्बासीलाई बल

नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सुदृढीकरणलाई प्राथमिकता र

सरकारका प्रवक्ता भन्छन् : सुकुम्वासी बस्तीमा डोजर चल्दैन, बल प्रयोग हुँदैन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंको खोला किनारका सुकुम्वासी बस्तीलाई बल