नवाजुद्दीन सिद्दीकी र परिवारमाथि उनकी पत्नीले लगाइन् गम्भीर आरोप « Khabarhub

नवाजुद्दीन सिद्दीकी र परिवारमाथि उनकी पत्नीले लगाइन् गम्भीर आरोप


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी, उनका भाइ र परिवारका केही सदस्यविरुद्ध प्रहरीमा उजुरी परेको छ । उनीविरुद्ध नवाजुद्दीनकी पत्नीले उजुरी दिएकी हुन् ।

भारतीय मिडियाका अनुसार उजुरी परे पनि प्रहरीले अझैसम्म कसैलाई बोलाएको छैन । जानबुझ चोट पुर्‍याएको, धम्काएको र अपमान गरेको उजुरीमा लेखिएको छ ।

नवाजुद्दीनकी पत्नी आलिया सिद्दीकीले नवाजुद्दीनका भाइमाथि दुर्व्यवहार गरेको आरोप समेत लगाएकी छिन् ।

उजुरीमा आलियाले नवाजुद्दीनका भाइले आफ्नी छोरीसँग सन् २०१२ मा लैंगिक शोषण गरेको आरोप लगाएकी छिन् । छोरीलाई अश्लील क्लिप पनि देखाएको आरोपमा उल्लेख छ ।

आलियाले उजुरीमा उक्त समय नवाजुद्दीन घरमा नभई मुम्बई भएको बताएकी छिन् । उनले यसबारे नवाजुद्दीनलाई बताउन मुम्बई पुगेको पनि बताएकी छिन् ।

त्यतिबेला नवाजुद्दीनले करिअर भर्खरै शुरु भएको र यसले आफ्नो करिअरमा असर पार्न सक्ने बताउँदै घरभित्रै यो विवाद मिलाउन चाहेको बताएका थिए ।

आलियाले सासु ससुरामाथि पनि आरोप लगाएकी छिन् । उनले सासु र ससुरामाथि आफूलाई धम्काएको आरोप लगाएकी छिन् । उनले नवाजुद्दीनले यसबारेमा उजुरी नदिन भनेको पनि बताएकी छिन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ४४ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट