अपडेट : गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु « Khabarhub

अपडेट : गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा र एक छोरीको ज्यान गएको उनले बताए ।

राजु बोटे भने वैदेशिक रोगारीमा छन । अहिले घटनामा परेकाहरुको उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल जाँदै छ ।

“त्यहाँ पुग्ने बाटोसमेत पहिरोले अबरुद्ध हुँदा हामी पुग्न अझै २ घण्टा जति लाग्छ, भौतिक र मानवीय क्षतिको खबर आएको भएपनि अहिले यत्तिकै केही भन्ने अवस्था छैन ।” रिडिका प्रहरी नायब निरीक्षक शालिकराम थापाले भने ।

टाहाटिम बजारसम्म पुग्ने बाटोसमेत अबरुद्ध भएकाले त्यहाँबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ५० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा