मलेसिया जाने नेपाली यु-१९ टोलीको बिदाई, पहिलो खेल सिंगापुरसँग खेल्ने | Khabarhub Khabarhub

मलेसिया जाने नेपाली यु-१९ टोलीको बिदाई, पहिलो खेल सिंगापुरसँग खेल्ने


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु-१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको बिदाई गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रम गरी मलेसिया जाने युवा टोलीको बिदाई गरिएको हो । राष्ट्रिय टोलीका भरपर्दा युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको नेतृत्वमा टोली आज १ बजेर २५ मिनेटमा मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिसकिएको छ ।

१४ सदस्यीय टोलीमा कप्तान पौडेलसहित अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सुर्य तामाङ छन् ।

त्यस्तै, वैकल्पिक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल छन् । टोलीको मुख्य प्रशिक्षकमा विनोद दास छन् । टिम व्यवस्थापकमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने छन् ।

नेपालले छनोटको पहिलो खेल सिङ्गापुरसँग अप्रिल १२ मा खेल्ने तालिका छ भने दोस्रो खेल युएईसँग अप्रिल १३ मा खेल्नेछ ।

यस्तै, अप्रिल १५ मा तेस्रो खेल आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले चौथो खेलमा ओमानसँग अप्रिल १६ मा खेल्नेछ । त्यस्तै, प्रतियोगिताको अन्तिम खेल कुवेतसँग अप्रिल १८ मा खेल्नेछ । छनोटको विजेता टोलीले २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यु—१९ विश्वकप खेल्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ११ : २७ बजे

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु : बबई आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं – ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र

अधिकारीलाई ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’

लन्डन – डा. रमेश अधिकारी ‘वेस्ट प्रिन्सिपल अवार्ड २०२५’बाट सम्मानित

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै