विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


१९ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ८२ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १७ हजार ९०१ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८२ लाख ३१ हजार ४६६ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । सोमबार बिहानसम्म १ करोड १४ लाख ४३ हजार ८१३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ४०४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार ४२० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ७९४ जनाको मृत्यु भएको छ । २८ लाख ९८ हजार ४९७ जना संक्रमित भएकोमा १७ लाख ४८ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख २१ हजार ९०१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५६ लाख ५२ हजार १७३ पुगेको छ । त्यसमध्ये २९ लाख १४ हजार ९४८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९९ हजार ३२४ जनाको मृत्यु भएको छ । ४४ लाख ४९ हजार ९२९ जना संक्रमित भएकोमा ३२ लाख ९६ हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ४६ हजार ८०३ जनाको मृत्यु भएको छ । ४२ लाख ४४ हजार १८२ जना संक्रमित भएकोमा २८ लाख ५१ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २० हजार ३५० जनाको ज्यान गएको छ भने ९ लाख ६१ हजार ३८८ संक्रमित छन् । संक्रमितमध्ये ६ लाख १५ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २३३ जनाको मृत्यु भएको छ । १९ हजार ७०९ जना संक्रमित भएकोमा १२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : २५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज